एसईई परीक्षाको नतिजा सार्वजनिक: करिब ४८ प्रतिशत उत्तीर्ण

काठमाडाैं | असार १३, २०८१

एसईई परीक्षाको नतिजा सार्वजनिक: करिब ४८ प्रतिशत उत्तीर्ण

काठमाडौं:     राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ ।


विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो । ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन् ।


एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म भएको थियो । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक(फरक रूपमा गर्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले दिएको जानकारी अनुसार १८६ जनाले ४ जिपिए ल्याएका छन् ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्